Harsamaya
एसियन आर्चरी च्याम्पियन्सिपमा खेल्ने नेपाली टिमको बिदाइ
एसियन आर्चरी च्याम्पियन्सिपमा खेल्ने नेपाली टिमको बिदाइ ।

काठमाडौं - नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार २४ औँ एसियन आर्चरी च्याम्पियनसिपमा सहभागी हुने नेपाली खेलाडी तथा विश्व आर्चरी कङग्रेसमा सहभागी हुने नेपालका प्रतिनिधिलाई बिदाइ गरेका छन् ।

विश्व आर्चरी कङग्रेस र विश्व आर्चरी च्याम्पियनसिप बङ्गलादेशको ढाकामा हुँदैछ । आर्चरी कङग्रेस नोभेम्बर ६ देखि ८ तारिख र एसियन आर्चरी च्याम्पियनसिप नोभेम्बर ८ देखि १५ तारिखसम्म हुनेछ ।

राष्ट्रिय आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङ, महासचिव रमेशप्रसाद सिवाकोटीले विश्व आर्चरी कङग्रेसमा सहभागिता जनाउनेछ । यसै गरी तिलक पुन मगर र ज्ञानु अवालेले एसिया आर्चरी च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update