Harsamaya
नेपालले यूएईलाई दियो २४० रनको लक्ष्य
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा नेपाली खेलाडीहरू ।

काठमाडौं - आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी त्रिदेशीय शृंखलामा नेपालले घरेलु टिम यूएइलाई २४० रनको लक्ष्य दिएको छ ।

बुधबार दुबईमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३९ रन बनाएको हो ।

यूएईविरुद्ध नेपालका भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । मध्यक्रमका ब्याटर कुशल मल्लले ५१ बलमा एक चौका र तीन छक्कासहित ४६ रन बनाए ।

ओपनर आसिफ सेखले ४८ बलमा चार चौकासहित ३४ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३७ रन थप्दा आरिफ सेखको नाममा ३० रन रह्यो । १० औँ नम्बरमा ब्याटिङका निम्ति आएका सन्दीप लामिछानेले अविजित १५ रन जोडे ।

कुशल मल्ल र सन्दीप लामिछानेले नवौँ विकेटका निम्ति ४२ रनको साझेदारी गरेका थिए ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update