Harsamaya
एन्ड्रूको राजकुमार उपाधि खोसियो
बेलायतका राजकुमार एन्ड्रू ।

एजेन्सी - बेलायतका राजकुमार एन्ड्रूले आफ्नो ‘राजकुमार’ उपाधि खोसिएको छ। 

बकिङ्गम प्यालेसले बिहीवार बेलुका एक विज्ञप्ति जारी गर्दै राजा चाल्र्सका भाइ अब एन्ड्रू माउन्टब्याटन विन्ड्जर नामले मात्रै चिनिने जनाएको छ। 

एक नाबालिगलाई यौन व्यवसायमा लगाउन खोजेको आरोपमा दोषी ठहर भएका जेफ्री एप्स्टीनसँग घनिष्ठता भएको देखिएपछि छानबिनमा परेका उहाँले राजकीय आवास ‘रोयल लज’ पनि छाड्नुपर्ने भएको छ। 

उनको निजी जीवनबारे अनेकौँ प्रश्न उठेपछि एन्ड्रूले ‘ड्यूक अफ योर्क’सहितका अन्य राजकीय उपाधिहरू यसअघि नै परित्याग गरेका थिए । 

यही महिनाको आरम्भमा प्रकाशित संस्मरणमूलक पुस्तकमा भर्जिनिया जूफ्रेले आफूले किशोरावस्थामा राजकुमार एन्ड्रूसँग तीन पटक यौन सम्बन्ध राखेको दाबी दोहोर्याएकी छिन् । उक्त पुस्तक मरणोपरान्त प्रकाशित भएको हो। एन्ड्रूले उक्त आरोप सधैँ खण्डन गर्दै आएका छन् । 

अहिले विकसित घटनाक्रमबारे प्रतिक्रिया व्यक्त गर्दै जूफ्रेको परिवारले उनले ‘आफ्नो सत्य र असाधारण आँटका कारण बेलायतका राजकुमारलाई उपाधिविहीन बनाएको’ बताएको छ। जूफ्रेले यसै वर्षको आरम्भमा आत्महत्या गरेकी थिइन् ।  

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  २२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update