 
                                                            काठमाडौं - बञ्चरेडाँडा ल्याण्डफिल साइट क्षेत्रका स्थानीयले यसअघि भएको सहमति कार्यान्वयन नभएसम्म फोहर फाल्न नदिने बताएका छन् ।
शुक्रबार सहरी विकास मन्त्रालयमा भएको छलफलका क्रममा उनीहरुले आफूहरुसँग पटक–पटक सहमति गरेपनि कार्यान्वयन नभएको भन्दै फोहर फाल्न नदिने जनाएका छन् । उनीहरुले सहमति कार्यान्वयनका लागि काठमाडौं महानगरका प्रमुख, उपप्रमुख, शहरी बिकास मन्त्रीका साथै अर्थ मन्त्रालयको प्रतिनिधिसंग वार्ता गर्ने जनाएका छन् । स्थानीयको अडानका कारण छलफल बिना निष्कर्ष सकिएको छ ।
छलफलमा शहरी बिकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले छलफलबाट समस्याको समाधान गर्ने भन्दै फोहरका गाडीलाई अवरोध नगर्न आग्रह गरेका थिए ।
२०७९ जेठ २६ गते भएको १८ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै सो क्षेत्रका स्थानीयले उपत्यकाबाट फोहोर बोकेर गएका गाडीहरु रोकेका छन् ।
सहमतिमा उल्लेख भएको फोहर विसर्जन रातको समयमा मात्र गरिने, दुर्गन्ध नआउने प्रबन्ध मिलाउने, फोहर बोकेका गाडीले लिच्चड नचुहाउने उल्लेख थियो ।


 
                                                 
                                                ![मेनस्ट्रीमका मिडियाले मेरो सामूहिक बलात्कार र हत्या गरे : खगेन्द्र सुनार [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/Khagendra-1761903117.jpg) 
                                                 
                     
                     
                     
                     
                     
                    