Harsamaya
यूएईविरुद्ध कप्तान पौडेलको सेन्चुरी पूरा 
राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल ।

काठमाडौं - राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले यूएईविरुद्ध सेन्चुरी हानेका छन् । 

जारी खेलमा पाँच चौंका एक छक्का सहित उनले १२६ बलमा १०० रन पुर्याए । टस जितेर नेपालले पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । 

लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाल आज जित्नै पर्ने दबाबकाबीच खेल्दैछ ।

लिग–२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा  छ ।

दुबई इन्टरनेशनल क्रिकेट मैदानमा मङ्गलबार राति भएको खेलमा अमेरिकाले युएईलाई चार विकेटले हराएको थियो । यसअघि शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपालमाथि एक सय ६ रनको विशाल जित निकालेको थियो ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update