विश्वकप लिग–२ : आज नेपाल युएईसँग भिड्दै
काठमाडौं - आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल आज युएईसँग भिड्दै छ । नेपाल र युएईको खेल बिहीबार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुँदै छ । लिग–२ अन्तर्गत युएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाल आज जित्नै पर्ने दबाबकाबिच खेल्दै छ ।
लिग–२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा छ । दुबई इन्टरनेशनल क्रिकेट मैदानमा मङ्गलबार राति भएको खेलमा अमेरिकाले युएईलाई चार विकेटले हराएको थियो । यसअघि शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपालमाथि एक सय ६ रनको विशाल जित निकालेको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२ ०७:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

