Harsamaya
अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता निष्कर्षविहीन
तस्बिरः एजेन्सीको सहयोग

काठमाडौं - समाचार एजेन्सी एपीले जनाए अनुसार अफगानिस्तान र पाकिस्तानबीच लामो समयदेखि जारी तनाव अन्त्य गर्नका लागि इस्तानबुलमा भएको शान्ति वार्ता ठोस समाधानबिना समाप्त भएको छ ।

पाकिस्तानका सूचना मन्त्री अत्ताउल्लाह तारडले दुई देशबीच भएको वार्ता व्यवहारिक सम्झौतामा पुग्न नसकेको एपीले लेखेको छ । वार्ता अक्टोबर २५ देखि टर्की र कतारको मध्यस्थतामा चलिरहेको थियो । दुई छिमेकी देशहरूबीचको यो बैठक अक्टोबर १९ मा दोहामा भएको युद्धविराम सहमतिपछि आयोजना गरिएको थियो । तर, लगातारको मतभेद र आरोप–प्रत्यारोपका कारण वार्ता निष्कर्षविहीन रहेको बताइएको छ ।

“अफगान प्रतिनिधिमण्डल मुख्य मुद्दाबाट भट्कियो र कुराकानीको मूल उद्देश्यबाट पर गयो । जिम्मेवारी स्वीकार गर्नुको सट्टा अफगान तालिबानले आरोप–प्रत्यारोप र बहानाबाजी मात्र गर्‍यो‚” तारडले भने।

पाकिस्तान तालिबानले तहरिक-ए-तालिबान पाकिस्तानलाई लगाम लगाओस्, भन्ने चाहन्थ्यो । टीटीपीलाई पाकिस्तानले हालैका हमलाहरूका लागि जिम्मेवार ठहर गरेको छ । तर, तालिबानले टीटीपीमाथि नियन्त्रण गर्न अस्वीकार गर्दै उक्त समूह आफ्नो नियन्त्रणमा नरहेको बताए । स्रोतहरूका अनुसार, वार्ताको क्रममा दुई पक्षबीच धेरै तनावपूर्ण वातावरण थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update