Harsamaya
निर्वाचन पर्यवेक्षण गर्न इच्छुकसँग आयोगद्वारा निवेदन आह्वान 
फाइल तस्बिर/हर समय

काठमाडौं - निर्वाचन आयोगले सूचना जारी गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि इच्छुकलाई निवेदन दिन आह्वान गरेको छ ।

आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट निवेदन दिन इच्छुक संस्थाहरूलाई १५ दिनभित्र निवेदन दिन आह्वान गरिएको हो ।

पर्यवेक्षण अनुमतिको लागि राष्ट्रिय संस्थाहरूले निवेदन दिँदा काठमाडौं उपत्यकाको हकमा निर्वाचन आयोगमा दिन सकिने आयोगले जानकारी दिएको छ ।

अन्य जिल्लाहरूको हकमा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा कात्तिक २६ गतेभित्र निवेदन दिन सक्ने आयोगले जनाएको छ । अन्तर्राष्ट्रिय संस्थाहरूले पर्यवेक्षण अनुमतिको लागि १२ नोभेम्बर २०२५ भित्र निवेदन दिन सक्ने सूचना मार्फत आयोगले जानकारी दिएको छ ।

aayog-1761661219.jpeg
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  २०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update