सुनचाँदीको मूल्य घट्यो
काठमाडौं - नेपाली बजारमा सुनको भाउ सोमबार घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले घटेको हो ।
आज सुन प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । आइतबार सुन २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदी आज प्रतितोला ३५ रुपैयाँले घटेको हो ।
आइतबार ३ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आज २९ सय ८० रुपैयाँमा कारोबार भैइरहेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२ १२:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

