Harsamaya
शेख हसिनाविरुद्धको सुनुवाइ पूरा‚ फैसला नोभेम्बर १३ मा 
फाइल तस्बिर

काठमाडौं - बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको मुद्दामा आउँदो नोभेम्बर १३ मा फैसला सुनाइने भएको छ। बंगलादेशका महान्यायाधिवक्ताले दिएको जानकारी अनुसार हसिनाविरूद्ध अक्टोबर २३ अर्थात् बिहीबार(हिजो) सुनुवाइ पूरा भएको छ ।

न्युज एजेन्सी एएफपीका अनुसार, हसिनाको अनुपस्थितिमा जुन १ मा उनीविरुद्ध मुद्दा थालिएको थियो । प्रत्यक्षदर्शीको बयानमा उनले सामूहिक हत्याको आदेश दिएको आरोप लगाइएको थियो । साक्षीमा एक त्यस्ता व्यक्ति पनि थिए जसको अनुहार गोली लागेर क्षतविक्षत भएको थियो ।

एएफपीका अनुसार, अभियोजकले अदालतमा प्रहरीद्वारा प्रमाणित अडियो टेप पनि बजाएका थिए । त्यसमा हसिनाले सुरक्षा बललाई प्रदर्शनकारीमाथि घातक हतियार प्रयोग गर्न सिधा आदेश दिएको संकेत थियो ।

अदालतसँग अभियोजकले दोषी पाइएमा हसिनालाई मृत्युदण्डको सजाय सुनाउन माग गरेका छन् । हाल भारतमा निर्वासनमा रहेकी हसिनामाथि गत वर्ष जुलाईमा भएको विरोध प्रदर्शनका क्रममा मानवताविरुद्धको अपराध गरेको आरोप छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२  ०७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update