Harsamaya
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची
जापानी प्रधानमन्त्री साने ताकाइची ।

एजेन्सी - जापानको पुरुष–प्रधान राजनीतिमा दुर्लभ रूपमा शीर्ष स्थानमा पुगेकी अल्ट्रा रूढीवादी नेत्री साने ताकाइची देशको पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी छिन् । 

६४ वर्षीया ताकाइची जापानको युद्धपछिको राजनीतिमा लामो समयदेखि प्रभाव जमाउँदै आएको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) की पहिलो महिला अध्यक्षसमेत हुन् । उनी पूर्वप्रधानमन्त्री सिन्जो आबेका नजिकका सहयोगी र उनकै रूढीवादी दृष्टिकोणकी दृढ समर्थक रहेकी छिन् । साथै, उनले पूर्व बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरलाई आफ्नो प्रेरणाका रूपमा सम्मान गर्दै आएकी छिन् । 

चीन र कोरियाले विवादास्पद मानेको यासुकुनी मन्दिरमा नियमित रूपमा दर्शन गर्न जाने ताकाइचीलाई ‘चिनियाँ बाज’ भनेर पनि चिनिन्छ । यो मन्दिर जापानको द्वितीय विश्वयुद्धकालीन आक्रमणको प्रतीक मानिँदै आएको छ ।

जापान अझै लैङ्गिक समानताका सूचकांकमा पछाडि रहेको अवस्थामा ताकाइचीले प्रधानमन्त्री पदका लागि चुनावी अभियानका क्रममा यस विषयमा धेरै चर्चा गरेकी थिइन् । 

सन् १९९३ मा आफ्नै गृहनगर नारा प्रान्तबाट संसद्मा निर्वाचित भएकी ताकाइचीले त्यसयता आर्थिक सुरक्षा, आन्तरिक मामिला र लैङ्गिक समानता मन्त्रालयका जिम्मेवारी बहन गरेकी थिइन् ।

 यद्यपि, उनको कूटनीतिक अनुभव सीमित रहेको बताइन्छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  २१:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update