Harsamaya
४४ अंकले बढ्यो नेप्से
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - साताको दोस्रो कारोबार दिन नेप्से परिसुचक ४४.२५ अंकले बढेर २५४७.६० बिन्दुमा रोकिएको छ । नेप्से बढेपनि कारोबार रकम भने अघिल्लो दनिको तुलनामा केहि घटेको देखिएको छ ।

आइतबार नेप्से परिसुचक ७८ दशमलव ८३ अंक घटेर नेप्से परिसूचक अन्तिममा २ हजार ५०३ दशमलव ३५ विन्दुमा बन्द भएको थियो । आइतबारको कारोबारमा ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँभन्दा बढीको १ करोड ४३ लाख ६४ हजारभन्दा बढी सेयरकारोबार भएकोमा आज भने कुल ३३० स्टकको ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार ५४५ रुपैयाँ बराबरको ९९ लाख ४ हजार ८७४ कित्ता सेयरकारोबार भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स ५.१४, फ्लोट इन्डेक्स २.६५ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.९७ अंक बढेको छ । यसदिन नेपाल माइक्रो इन्स्यारेन्सको सेयरमूल्य प्रतिकित्ता १० प्रतिशतले बढेर १३००.२० रुपैयाँमा अन्तिम कारोबार भएकाो छ ।

नेपाल रिइन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता १० प्रतिशतले बढेर १२९९.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, क्रेष्ट माइक्रो लाइफ, इनर्जी नेपाल लिमिटेड र एनआरएन इन्फ्रास्टक्चरको सेयरमूल्यमाप नि सकारात्मक सर्किट लागेको छ ।

यस्तै, कर्पोरेट डेभ्लप्मेन्ट बैंकको सेयरमूल्य प्रतिकित्ता ५.२६ प्रतिशतले घटेर १८०० रुपैयाँमा अन्तिम कारोबार भएको छ । थ्रिस्टार हाइड्रोको सेयरमूल्य पनि प्रतिकित्ता ४.४५ प्रतिशतले घटेर ७३० रुपैयाँमा अन्तिम करोबार भएको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ५.०१ प्रतिशत बढेको छ ।

त्यसैगरी, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक करिब साढे ३ प्रतिशत बढेको छ भने जलविद्युत, लगानी र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update