Harsamaya
मुगुमा सुपथ मूल्य पसलबाट ९ सय ४० क्विन्टल चामल बिक्री
सुपथ मूल्य पसलबाट चामल लाँदै ।

मुगु - नेपालीहरुको महान पर्व दसैं र तिहारको अवसरमा हिमाली जिल्ला मुगुमा सञ्चालित सुपथ मुल्य पसलबाट हालसम्म करीब ९ सय ४० क्वीन्टल चामल बिक्री भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय मुगुमा भदौ ३० गते बाट संचालन भएको सुपथ मुल्य पसलबाट उक्त परमाणमा चामल बिक्री भएको कम्पनी मुगुका सुचना अधिकारी मौषम माझिले बताए ।

उनका अनुसार सबै भन्दा बढी जिरा मसिनो चामल बिक्री भएको छ । सुपथ मूल्य पसलबाट हरेक चामलको मूल्यमा प्रति १ केजी ५ रुपैँयाको छुटमा बिक्री भैरहेको छ । त्यस्तै हाल सम्म २ हजार ७ सय ७३ लिटर तेल बिक्री भएको उनले जनाए । 

सबै भन्दा बढी सुर्यमुखी तेल २ हजार ५ सय १४ लिटर बिक्री भएको छ । सुपथ मूल्य पसलबाट हाल सम्म ६७ लाख ८० हजार रकम राजस्व संकलन भएको छ ।

बजारबाट महंगो मूल्यमा चामल किनेर उपभोग गर्दै आएका छायाँनाथ रारा नगरपालिका, खत्याड गाउँपालिका, सोरु गाउँपालिका र मुगुमकार्मारोङ गाउँपालिकाका स्थानीयलाई यतिबेला राहत भएको बताइएको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update