एक लाखभन्दा बढी घुससहित वीर अस्पतालका लेखा अधिकृत अख्तियारको नियन्त्रणमा

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डिराज दाहाललाई रु एक लाखभन्दा बढी घुससहित नियन्त्रणमा लिएको छ ।
लेखा अधिकृत दाहालले विभिन्न सप्लार्स कम्पनी, ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकमबापत घुस/रिसवतका रूपमा लिएको रु एक लाख २० हजार ५८० कार्यकक्षमा लुकाइराखेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको टोलीले आज नियन्त्रणमा लिएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
उनले भने, ‘लेखा अधिकृत दाहालको कार्यकक्षबाट घुस/रिसवतबापतको रकम, मोबाइल डिभाइस एक थान र अन्य सम्बन्धित कागजातसहित नियन्त्रणमा लिइएको हो ।’
उक्त विषयमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असोज २६, २०८२ २२:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय