Harsamaya
विश्वकपको छनोटको तयारी : आज नेपाल कतारसँग भिड्दै 
नेपाली राष्ट्रिय क्रिकेट टिम ।

काठमाडौं  - आईसीसी टी–२० विश्वकपको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम आज कतारसँग भिड्दै छ। विश्वकप छनोट अघि अभ्यास खेल खेलिरहेको नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो। 

नेपाल र कतारको अभ्यास खेल सोमबार दिउँसो ४:१५ बजे सुरु हुनेछ। यसअघि शनिबार भएको ओमानविरुद्धको वार्मअप म्याचमा नेपाल ६ विकेटले विजयी भएको थियो। 

शनिबारको पहिलो वार्मअप म्याचमा ओमानले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य नेपालले १७ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा पूरा गरेको हो।
 

प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update