Harsamaya
इलाममा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २८ पुग्यो 
इलाममा पहिरो ।

काठमाडौं - इलामका विभिन्न स्थानमा गएको पहिरोमा परेर हालसम्म २८ जनाको मृत्यु भएको छ । माइजोगमाई गाउँपालिकामात्रै ८ जनाको मृत्यु भएको छ ।

सुर्योदय नगरपालिकामामा ५ जना, माङसेवुङ गाउँपालिकामा ३, इलाम नगरपालिका –६ मा ६ जना ,देउमाई नगरपालिकामा २ जना, फाकफोकथुङ गाउँपालिकामा १ जना ,सन्दकपुर गाउँपालिकामा ३ जना गरी जम्मा २८ जनाको मृत्यु भएको हो । 

कोशी प्रदेशका विभिन्न क्षेत्र जलमग्न भएका छन् । अझै केही दिन वर्षा हुने सम्भावना भएका कारण बाढी, पहिरो र डुबानको समस्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । 

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update