Harsamaya
टी-२० महिला क्रिकेटः नेपाल १३ रनले पराजित
मलेसियाविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाल पराजित ।

काठमाडौं - मलेसियाविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाल पराजित भएको छ । 

मलेसियाको क्वालालम्पुरमा आज भएको खेलमा मलेलियासँग नेपाली महिला राष्ट्रिय क्रिकेट टोली १३ रनले पराजित भएको हो । यो पराजयसँगै पाँच खेलको उक्त शृङ्खलामा मलेसियाले नेपालसँग २–१ को अग्रता बनाएको छ ।

यसअघि भएको पहिलो खेलमा नेपाल मलेसियासँग तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ।

मलेसियाले जितको लागि दिएको एक सय २१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेट गुमाउदै एक सय सात रनमा समेटियो । नेपालका लागि रुबी पोद्धारले सर्वाधिक ३१ रनको योगदान दिइन् । 

यसैगरी, कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहिन् भने सम्झना खड्काले १८ रन बनाइन् । साथै कविता जोशी र कविता कुँवरले समान दुई-दुई विकेट लिएका थिए । 

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update