Harsamaya
मन्त्री खरेलले भने - संचार सम्पर्क अवरुद्ध भए सिधा मन्त्रालयमा सम्पर्क गर्नुस् 
संचार तथा सूचना प्रविधि मन्त्रालयमा भएको आकस्मिक बैठकमा मन्त्री जगदीश खरेल ।

काठमाडौं - संचार तथा सूचना प्रविधि मन्त्रालयले भारी वर्षाका कारण कहीकतै सञ्‍चार सम्पर्क अवरुद्ध भए सिधा मन्त्रालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

संचारमन्त्री जगदीश खरेलले अहिले मन्त्रालयमा आकस्मिक बैठक बसेर कहींकतै सञ्‍चार सम्पर्क अवरुद्ध भए तत्काल मर्मत तथा पुनः संचालनको लागि सम्बद्ध टीम तयारी अवस्थामा राखिएको बताए ।

मन्त्री खरेलले सामाजिक सञ्जालमा उक्त विषयबारे जानकारी दिदै लेखेका छन्,  ‘भारी वर्षा भइरहेको छ । सबै सुरक्षित तथा सचेत रहनुहोला । जुनसुकै ठाउँमा संचार सम्पर्क अबरुद्ध भएमा एनटिसी १४९८, एनसेल ९००५, आइएसपी ९८०१८७८९४१ र मन्त्रालयको सिधा नम्मर ९८४१५२०११५ मा खबर गर्नुहोला । तत्काल मर्मत तथा पुनः संचालनको लागि सम्बद्ध टीम तयारी अवस्थामा छ । हामी पनि आकस्मिक बैठक गरेर तयारी अवस्थामा छौं । मेरो सचिवालयको सिधा नम्बर ९८५१४१०१०१, कृपया सबैले सावधानी अपनाऔं ।’
 

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update