Harsamaya
नेपाल मलेसियासँग ३ रनले पराजित

काठमाडौं - नेपाल अन्तर्राष्ट्रिय महिला ट्वेन्टी २० अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा ३ रनले पराजित भएको छ । मलेसियाको क्वालालम्पुरमा भएको खेलमा नेपाल मलेसियासँग ३ रनले पराजित भएको हो ।  सिरिजमा मलेसियाले नेपाललाई ३ रनले हराउँदै जीत आफ्नो पोल्टामा पारेको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०४ रनको योगफल बनाएको थियो । मलेसियाको लागि कप्तान विनिफ्रेड डुरैसिंगमले सर्वाधिक २७ रन बनाइन् भने ओपनर ऐना हमिजा हसिमाले २६ रन बनाइन्।

मलेसियाले जीतका लागि १०५ रनको लक्ष्य प्रस्तुत गर्दा नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १०१ रन बनाएको  थियो । नेपालका लागि पुजा महतोले सर्वाधिक ३० बनाइन् भने सम्झना खड्काले १८ र कविता जोशीले १३ बनाइन् ।आगामी जनवरीमा आयोजना हुने टी–२० विश्वकपको ग्लोबल छनोटको तयारी स्वरूप  नेपाल अहिले मलेसियामा प्रतिस्पर्धा गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १६, २०८२  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update