काठमाडौं - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार, आज गोलभेँडा ठूलो (भारतीय) न्यूनतम मूल्य प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४८, आलु रातो प्रतिकिलो ५०, आलु रातो (भारतीय) प्रतिकिलो ३४, आलु रातो (मुडे) प्रतिकिलो ४२, प्याज सुकेको भारतीय प्रतिकिलो ४०, गाजर (लोकल) प्रतिकिलो १२०, गाजर (तराई) प्रतिकिलो ९०, लोकल बन्दा प्रतिकिलो ५०, काउली स्थानीय प्रतिकिलो ७५, सेतो मूला (लोकल) प्रतिकिलो ५०, भन्टा लाम्चो प्रतिकिलो १५, तने बोडी प्रतिकिलो १००, मकै बोडी प्रतिकिलो ८० कायम भएको छ ।
त्यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १००, भटमास कोसा प्रतिकिलो ९०, तीतो करेला प्रतिकिलो ५५, लौका प्रतिकिलो ३०, परवर (लोकल) प्रतिकिलो ७०, परवर (तराई) प्रतिकिलो ७०, चिचिण्डो प्रतिकिलो २५, घिरौँला प्रतिकिलो ६०, झिगुनी प्रतिकिलो ९०, फर्सी पाकेको प्रतिकिलो ७०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३०, सलगम प्रतिकिलो ८०, भिण्डी प्रतिकिलो ८० कायम गरिएको छ ।
त्यसैगरी, पिँडालु प्रतिकिलो ७०, स्कूस प्रतिकिलो १५, रायोसाग प्रतिकिलो ९०,चमसुरको साग १८०, पालुङ्गो साग प्रतिकिलो ९०, तोरीको साग प्रतिकिलो ५०, हरियो प्याज प्रतिकिलो ५०, च्याउ (कन्य) प्रतिकिलो १८०, च्याउ (डल्ले) प्रतिकिलो ३५०, कुरिलो प्रतिकिलो ३५०, निगुरो प्रतिकिलो ७० निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकिलो १८०, चुकुन्दर प्रतिकिलो ६०, सजीवन प्रतिकिलो १८०, रातो बन्दा प्रतिकिलो १५०, जिरीको साग प्रतिकिलो ९०, सेलरी प्रतिकिलो १८०, पार्सले प्रतिकिलो ६००, पुदिना प्रतिकिलो ६००, इमली प्रतिकिलो १७०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १३० र गुन्द्रुक प्रतिकिलो २५० तोकेको छ ।
समितिले स्याउ (झोले) प्रतिकिलो २००, स्याउ (फुजी) प्रतिकिलो २५०, केरा (दर्जन) ११०, कागती प्रतिकिलो १३०, अनार प्रतिकिलो ३००, मौसम प्रतिकिलो १४०, जुनार प्रतिकिलो २४०, भुइँकटहर प्रतिगोटा १४०, काक्रो लोकल १००,नास्पाती (लोकल) प्रतिकिलो ८०, नास्पाती (चाइनिज) प्रतिकिलो २००, मेवा (नेपाली) प्रतिकिलो ५०, मेवा (भारतीय) प्रतिकिलो ९०, अम्बा प्रतिकिलो ८० र लप्सी प्रतिकिलो ५०, किबी प्रतिकिलो २५०, सरिफा प्रतिकिलो १०० र आभोकाडो प्रतिकिलो २५०, अमला ७० निर्धारण गरिएको छ ।

