शिवश्री हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद असोज २३ सम्म लम्ब्याइयो
काठमाडौं - शिवश्री हाइड्रोपावरले जारी गरेको १:१ अनुपातको हकप्रद सेयर खरिदको आवेदन म्याद असोज ८ गतेबाट बढाएर असोज २३ गतेसम्म पुर्याइएको छ ।
कम्पनीले हालको चुक्तापूँजी १ अर्ब ४७ करोड ६४ लाख बराबरको १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर १०० रुपैयाँ अंकित दरमा जारी गरेको हो ।
साउन १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनी मात्र आवेदन दिन योग्य हुनेछन् । आवेदन सिटिजन्स क्यापिटल, सिटिजन्स बैंकका शाखा, सहभागी बैंक तथा वित्तीय संस्थाहरूको सि–आस्बा सेवा र ‘मेरो शेयर’ मार्फत दिन सकिनेछ । हकप्रद निष्कासन र बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।
प्रकाशित मिति: बुधबार, असोज ८, २०८२ ०९:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

