सञ्चारमन्त्रीको पहिलो निर्णय: देशका प्रमुख १० वटा शहरमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने
काठमाडौं - सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा पाँच महिनाभित्र नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन्।
सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले यस्तो निर्णय गरेका हुन् । उनले कर्मचारीले ल्याएको प्रस्तावमा संशोधन गरी यो निर्णय गरेका छन् ।
यसैगरी देशमा रहेका सात प्रदेशमा पनि निशुल्क इन्टरनेटको व्यवस्था गर्ने तयारी गर्ने उनले बताए ।
प्रकाशित मिति: सोमबार, असोज ६, २०८२ १७:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

