नेप्सेमा लगातार दोस्रो नकारात्मक सर्किट

काठमाडौं - नेप्से परिसुचकमा लगातार दोस्रो नकारात्मक सर्किट ब्रेक लागेर ४० मिनेटका लागि शेयर कारोबार स्थगित भएको छ ।
जेनजी आनदोलनले सत्ता परिवर्तन पश्चात पहिलो पटक आज बिहीबार सञ्चालनमा आएको बजारमा यस्तो गिरावट देखिएको हो ।
यसअिघ बजार खुलेको २ मिनेटमै ४ प्रतिशतले गिरावट आएपछि पहिलो सर्किट ब्रेक लागेर २० मिनेट कारोबार रोकिएको थियो ।
पुनः ११:२२ बजे बजार खुलेपछि ११:२३ मा नेप्से ५ प्रतिशतले घट्दा दोस्रो सर्किट ब्रेक लागि कारोबार फेरि स्थगित भएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २, २०८२ ११:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय