Harsamaya
सेयर कारोबार नकारात्मक सर्किट
सांकेति क तस्वीर : हर समय/Har Samaya

काठमाडौं - सत्ता परिवर्तनपछिको पहिलो कारोबार दिन नेप्से परिसूचकमा नकारात्मक सर्किट लागेको छ ।

प्रि–ओपन सेसनमै घट्न सुरु भएको नेप्से, नियमित कारोबार खुलेको दुई मिनेटमै १०७.०४ अंकले ओरालो लाग्दा कारोबार २० मिनेटका लागि स्थगित गरिएको हो ।

यस अवधिमा २०० स्टकको १,८५७ पटकको कारोबारमार्फत ३ लाख ३४ हजार २७५ कित्ता सेयर खरिद–बिक्री भइ १५ करोड ६६ लाख रुपैयाँभन्दा बढी रकम बराबरको कारोबार भएको थियो ।

बजार ११:२२ बजे पुनः खुल्यो । सोपछि नेप्से परिसूचक थप ५ प्रतिशतसम्म घटे दोस्रो सर्किट लाग्नेछ र कारोबार फेरि ४० मिनेटका लागि रोकिनेछ ।
 

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update