Harsamaya
तीन मन्त्रीहरुले गरे क्षतिग्रस्त संसद भवनको निरीक्षण
अर्थमन्त्री डा. रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्याल ।

काठमाडौं - सरकारका तीन मन्त्रीहरुले जेनजी आन्दोलनमा क्षतिग्रस्त संसद भवनको निरीक्षण गरेका छन् । बुधबार अर्थमन्त्री डा. रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले संसद भवनको  निरीक्षण गरेका हुन् ।

जेनजी आन्दोलनमा ध्वस्त संसद भवनको निरीक्षण गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जलेका र  भत्किएका संरचनाहरु सबैले मिलेर बनाउनुपर्ने बताए ।

उनले भने, ‘हाम्रो जुन जलेका र  भत्किएका संरचनाहरु छन्, त्यो हामी सबैले  मिलेर बनाउनुर्छ । यसका लागि विदेशी सहयोग भन्दा पनि हामीले कोष बनाएका छौं  त्यसमा नेपालमा र विदेशमा बस्ने हरेक नेपालीले सहयोग गरेर हाम्रा संरचनाहरु पुनस्थापना गर्न सक्छौं ।’ 

यसैगरी अर्थमन्त्री खनालले सञ्चारकर्मीहरुसँग कुरा गर्दै पहिलो प्राथमिकता अहिलेको सबै संरचना पुर्ननिर्माण गर्नु रहेको बताए । उनले जेनजी आन्दोलनमा क्षति कति भयो भनेर भन्न नसकिने अवस्था रहेकोले त्यसका लागि समिति गठन गर्न लागिएको बताए ।

उनले  भने, ‘पहिलो प्राथमिकता अहिलेको सबै  संरचना पुननिर्माण गर्ने हो ।  क्षति यति भयो भन्न सकिने अवस्था छैन अहिले त्यसका लागि समिति गठन गर्दैछौं । समितिले अनुमान गर्ने छ सबै ।’

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update