महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त

काठमाडौं - वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्तामा नियुक्त भएकी छन् । प्रधानमन्त्री सुशीला कार्कीले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले राष्ट्रपति कार्यालयमा भण्डारीको नाम सिफारिस गरेकी थिइन् ।
महान्यायाधिवक्ताबाट रमेश बडालले दिएको राजीनामालाई स्वीकृत गरी भण्डारी महान्यायाधिवक्ता नियुक्त भएकी हुन् । भण्डारी नेपालको प्रथम महिला महान्यायाधिवक्ता हुन् ।
प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२ १९:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय