Harsamaya
राष्ट्र बैङ्कले एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने
नेपाल राष्ट्र बैङ्क ।

 

काठमाडौं - नेपाल राष्ट्र बैङ्कले एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले बैङ्कको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैङ्क तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह समेत गरेको छ ।

यही भदौ ३० गतेभित्र निवेदन दिन केन्द्रीय बैङ्कले आग्रह गरेको छ । ‘क’ वर्गका वाणिज्य बैङ्कमा रु एक अर्ब चार करोड, ‘ख’ वर्गका विकास बैङ्कमा रु १९ करोड ५० लाख र ‘ग’ वर्गका वित्त कम्पनीमा रु छ करोड ५० लाख बराबरको रकम बैङ्कले लगानी गर्नेछ ।

बैङ्कबाट तोकिएको न्यूनतम कुल पुँजी कोष कायम रहेको र निष्क्रिय कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने छ ।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update