Harsamaya
रौतहटभरी नेपाली सेनाको गस्ती, २३३ कैदी भागे
प्रतिकात्मक तस्वीर।

रौतहट - रौतहट प्रशासनले जिल्लाभर अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को (क) बमोजिम प्रमुख जिल्ला अधिकारी (सीडीओ) बिनोद कुमार खड्काले अर्को आदेश नआउन्जेलसम्मका लागि कर्फ्यू आदेश जारी गरेका हुन् ।

रौतहट जिल्ला भित्र कसैले आवत जावत गर्न कुनैपनि प्रकारको भेला, जुलुस, प्रदशन, सभा, बैठक र घेराउ गर्न नपाउने गरि कर्फ्यू जारी गरेको आदेशमा उल्लेख छ ।

अहिले गौर, चन्द्रनिगाहपुर र गरुडा लगायतका स्थान नेपाली सेना सहितको सुरक्षाकर्मीले बुधबार बिहान देखि गस्ती थालेका छन । जेन–जी आन्दोलनका कारण पछिल्लो समय आइपरेको परिस्थितिलाई मध्यनजर गर्दै नेपाली सेनाले गस्ती सुरु गरको हो ।

नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाको निर्देशन अनुसार सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पतिको सुरक्षाको लागि गस्ती सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।

यता गौर कारगारबाट मंगलबार राति हुलहुज्जत गरेर २३३ कैदी भागेका छ्न् । गौर कारगारबाट भागेकामध्ये ३४ जना कैदीबन्दीलाई सुरक्षाकर्मी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीले बताए । 

उनका अनुसार गौर कारागारमा २४ जना बाहेक सबै कारागार तोडफोड गरी भागेका थिए । भागेकाहरुको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  ११:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update