Harsamaya
जेनजी युवाहरूले पूर्ण रुपमा कब्जा गरे  सिंहदरबार

काठमाडौं - देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार जेनजी युवाहरूले पूर्ण रुपमा कब्जा गरेका छन् । आक्रोशित युवाहरूको समूहले सिंहदरबारको मूल गेट फोडेर भित्र पसेका थिए ।

अहिले सिंहदरबारभित्र थुप्रै युवाहरू प्रदर्शनरत छन् । उनीहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायतका शीर्ष नेताविरुद्ध नाराबाजी गर्दै आक्रोश पोखिरहेका छन् । 

स्थिति अनियन्त्रित बनेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सिंहदरबारमा पछि हटेको छ । सिंहदरबारको माथिको आकाशमा आगो मुस्लो उडिरहेको देखिन्छ । सिंहदरबारभित्र रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य मन्त्रालय तथा विभागहरूमा आगजनी गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update