राष्ट्रपति कार्यालय शीतल निवासमापनि आजगनी

काठमाडौं - प्रदर्शनकारीहरूले राष्ट्रपति कार्यालय शीतल निवासमा पनि आगजनी गरेका छन् । उग्र प्रदर्शनमा उत्रिएका जेनजी प्रदर्शनकारीहरूले शीतल निवासमा आगजनी गरेका हुन् ।
सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले लगातार आगो लगाइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका छन् । तर पनि उनीहरूले आगजनी गर्न छाडेका छैनन् ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२ १६:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय