Harsamaya
इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु
सुनसरीको इटहरीमा प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु।

सुनसरी - सुनसरीको इटहरीमा प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ ।

जेनजी आन्दोलनको क्रममा प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका थिए भने तीमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

मृतकको पहिचान खुल्न नसकेपनि उनीहरू अन्दाजी २५ र ३० वर्षका रहेका प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पुर्याइएपछि चिकित्सकले दुई जनालाई मृत घोषणा गरेका हुन् ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १८:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update