Harsamaya
नाडाको विशेष साधारण सभा हाललाई स्थगित
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)।

काठमाडौं - नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को आगामी विशेष साधारण सभा हाललाई स्थगित गरिएको छ। बिहीबार बसेको नाडाको २२औं केन्द्रीय कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो।

यसअघि विशेष साधारण सभा यही भदौ २४ गते, मङ्गलबारका दिन ललितपुरको झम्सिखेलस्थित ‘द प्लाजा’ मा आयोजना गर्ने तय गरिएको थियो । तर, अब अर्को सूचना प्रकाशित नभएसम्मका लागि सभा सारिएको नाडाले जनाएको छ।

नाडाले उपयुक्त समयमा विशेष साधारण सभाको नयाँ मिति र स्थानबारे पुनः जानकारी गराउने जनाएको छ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल देशभरका अटोमोबाइल व्यवसायीहरूको छाता संस्था हो।

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update