Harsamaya
शिवश्री हाइड्रोपावरको हकप्रद सेयर निष्कासन खुला
हकप्रद सेयर।

काठमाडौं - शिवश्री हाइड्रोपावर लिमिटेडले आज (भदौ १९ गते) देखि १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ चुक्तापूँजी बराबरका १ करोड ४७ लाख ६४ हजार कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा जारी गरेको हो ।

हकप्रदमा आवेदन दिने अन्तिम मिति असोज ८ गते तोकिएको छ । योग्यताका लागि कम्पनीले साउन १६ गते बुक क्लोज गरेको थियो, जसअनुसार साउन १५ गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनी मात्रै आवेदन दिन सक्नेछन् ।

हकप्रद सेयर खरिदका लागि सिटिजन्स क्यापिटल, सिटिजन्स बैंकका शाखा तथा सि-आस्बा सेवामा सहभागी बैंक/वित्तीय संस्था र ‘मेरो सेयर’ मार्फत दिन सकिनेछ । यस कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update