वाइसीएल नवलपुरले गर्यो शहिद रमा स्मृति रंगशाला सरसफाई
                            
                            
                                                        
                                                    
                                                            नवलपुर - नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाइसीएल, नवलपुरले शहिद रमा स्मृति रंगशाला सरसफाई गरेको छ ।
सोमबार पार्टीको श्रम तथा उत्पादन कार्यक्रम अन्तर्गत मध्यविन्दु–१० मा रहेको रंगशाला सरसफाई गरेको वाइसीएल नवलपुरका ईन्चार्ज नारायण पौडेलले जानकारी दिएका छन् ।
सरसफाई कार्यक्रममा वाइसीएलका साथसाथै जिल्लाका माओवादी नेताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा माओवादी केन्द्रीय सदस्य एवं नवलपुर जिल्ला ईन्चार्ज धनप्रसाद सापकोटा, केन्द्रीय सदस्यहरु शुष्मा खनाल, अनिल परियार, प्रेम न्यौपाने, केन्द्रीय लेखा आयोगका सदस्य लोकप्रसाद भुर्तेल, प्रदेश समितिका उपाध्यक्ष मित्र शरण शर्मा लगायतको सहभागिता रहेको वाइसीएलका केन्द्रीय सचिव अनन्त अधिकारीले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  २०:१०
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
