Harsamaya
बाढीका कारण पाकिस्तानमा एक लाख  ५० हजार विस्थापित
पाकिस्तानमा बाढी ।

एजेन्सी - भारतको बाँधबाट अतिरिक्त पानी छोडेको चेतावनी पाएपछि पाकिस्तानी अधिकारीहरूले पञ्जाब प्रान्तका तीन वटा प्रमुख नदीका छेउछाउका क्षेत्रहरूबाट एक लाख ५० हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण हुन सूचना जारी गरेको छ । 

भारी वर्षा र बाढीले पानीको सतहले खतराको सिमा पार गरेपछि भारतीय पक्षबाट पानी छोड्दा पन्जाबको ठूलो भाग डुबानमा पर्ने खतरा रहेको पाकिस्तानी अधिकारीहरूले बताएका छन् ।  

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ताले भारतको पछिल्लो चेतावनी अघि नै निकासी सुरु भएको तथा अझै जारी रहेको जनाएका छन् । उनका अनुसार यो अभियानमा लगभग ३५ हजार मानिस चेतावनीपछि स्वेच्छाले सुरक्षितस्थलतर्फ भागेका छन् । 

पन्जाब र कश्मीरमा आगामी दिनमा पुनः भारी वर्षाको चेतावनीको बीचमा रावी, सतलज र चेनाब नदीले ठूलो बाढीको सामना गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १६:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update