टी–२० अभ्यास खेल : साउथ अस्ट्रेलियालाई नेपालको १४७ रनको लक्ष्य
-1756353703.jpg)
काठमाडौं - टी–२० अभ्यास खेलमा नेपालले साउथ अस्ट्रेलियालाई १४७ रनको लक्ष्य दिएको छ। पहिलो खेलमा टस जितेर साउथ अफ्रिकाले फिल्ड रोजेपछि सुरुमा ब्याटिङ गरेका ेनेपालले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १४६ रन बनाएको हो।
भीम सार्कीले ३२ बलको सामना गरेर सर्वाधिक ३२ रन बनाए । अलराउन्डर दीपेन्द्रसिंह ऐरीले १९ बलको सामना गरेर २६ रन जोड्दा आशिफ शेखले १३ बलको सामना गरेर २२ रन बनाए।
नेपाल र साउथ अस्ट्रेलियाका टी–२० अभ्यासका दुई खेल आजै हुँदै छन्। पहिलो खेल सकिए लगत्तै नेपालले सोही टिमसँग दोस्रो प्रतिस्पर्धा गर्नेछ।
प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२ ०९:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय