Harsamaya
उखु किसानहरूको आन्दोलन आज पनि जारी, अनुदान खर्च कटौती गुर्न खेदपूर्ण

काठमाडौं - उखु किसानहरूको आन्दोलन आज पनि जारी नै रहेको छ । उखु किसानले पाउँदै आएको अनुदान वर्तमान सरकारले कटौती गरेपछि तराई मधेशका ११ जिल्लाका किसानहरू गत आइतबारदेखि संघीय राजधानी काठमाडौंको माइतीघरमा धर्नामा बसेका छन् ।

सोही क्रममा नेपाल किसान महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्ष एंव उखु किसान हरेन्द्र सिंह बिस्टले नेपाल सरकारले किसानलाई दिँदै आएको प्रवर्द्धन खर्च कटौती गर्ने निर्णय गरेको विरुद्ध आन्दोलनमा उत्रिएको भन्दै सम्पूर्ण उखु उत्पादन गर्ने किसानहरूको तर्फबाट यो निर्णयमा खेद प्रकट गरेको बताए ।

उनले भने, ‘विगत सात वर्षदेखि नेपाल सरकारले प्रवर्द्धन खर्च भनेर उखुमा ६०, ६५ र हाल ७० रुपैयाँ दिँदै आएको छ तर अहिले आएर नेपाल सरकारले जुन किसानलाई दिँदै आएको प्रवर्द्धन खर्च ७० रुपैयाँ छ त्यो कटौती गर्ने जुन एउटा खेदपूर्ण निर्णय गरेको छ । त्यसमा हामी सम्पूर्ण उखु उत्पादन गर्ने किसानहरूको तर्फबाट खेद प्रकट गर्न चहान्छौँ ।’

यस्तै, उनले देशको आर्थिक अवस्थालाई मजबुत बनाउनको लागि किसानहरुले भूमिका खेली रहेको बेला, सरकारलाई अर्बौँ रुपैयाँ दिएको अवस्थामा किसानहरूलाई थप सुविधा दिनुपर्ने ठाउँमा उत्पादन मूल्यमा नै कटौती गरेको भन्दै यसमा किसानहरू असन्तुष्ट रहेको बताए ।

उनले भने, ‘हामीलाई नेपाल सरकारले अनुदान दिदैँन् भनेर कृपा गर्दै छ । हामीले उखु उत्पादन गरेर अर्बौँ रुपैयाँ कर तिरेर देशको अर्थ व्यवस्थालाई सबल बनाउनको लागि देशको आर्थिक अवस्थालाई मजबुत बनाउनको लागि किसानहरूले भूमिका खेली रहेको बेला किसानहरूलाई राज्यले कुनै अरू स्रोतबाट भर नदिने गरी, ढुकुटीबाट दिनुपर्ने रकम पनि केही छैन । हामीले नै सरकारलाई अर्बौँ रुपैयाँ दिएको छ । यस्तो अवस्थामा पनि हामीलाई थप सुविधा दिनुपर्ने कुरामा हाम्रो उत्पादन मूल्यमा नै कटौती गरेपछि हामी किसानहरू यसमा खुसी छैनौँ ।’

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update