Harsamaya
साफ यू-१७ महिला च्याम्पियनसिपः नेपालले आज चौथो खेल भुटानसँगै खेल्दै
साफ यू-१७ महिला च्याम्पियनसिप नेपालले आज पनि बंगलादेशसँग खेल्दै ।

काठमाडौं - साफ यू-१७ महिला च्याम्पियनसिप नेपालले आज पनि बंगलादेशसँग खेल्दै छ।

बुधबार भुटानको चाङ्लिमिथाङ रंगशालामा नेपालले आफ्नो चौथो खेल खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरू हुनेछ।

नेपालले आइतबार तेस्रो खेल पनि बंगलादेशसँगै खेलेको थियो। खेलमा नेपाल ३–० गोलले पराजित भएको थियो।

त्यसअघि नेपालले पहिलो खेलमा भारतसँग ७-० गोलले पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक भुटानलाई २–१ गोलले पराजित गरेको थियो।

आजको खेलमा पराजित भए नेपाल दुई खेल बाँकी छँदै उपाधिबाट बाहिरिनेछ।

प्रतियोगितामा आयोजक भुटान, नेपाल, भारत र बंगलादेश गरी चार टोलीले भाग लिएका छन्।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update