जुनियर तथा क्याडेट टेबलटेनिस आजदेखि

काठमाडौं - अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा तेश्रो कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिता आजदेखि सुरु हुँदै छ ।
प्रतियोगिताअन्र्गत जुनियर र क्याडेट पुरुष/महिलामा ४ सिंगल्स खेल हुने आयोजक संघका महासचिव कुवेरप्रकाश सिंहले जनाएका छन् ।
शशि-कल्यण कल्याण कोषको प्रायोजनमा हुने तीनदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । सबै प्रदेशबाट खेलाडीको सहभागिता रहने महासचिव सिंहले जानकारी गराए ।
प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२ ०८:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय