टेरीटरीमाथि नेपालको ४१ रनको जित

काठमाडौं - पहिलो अभ्यास खेलमा नेपालले अष्ट्रेलियन क्रिकेट टेरीटरीलाई ४१ रनले पराजित गरेको छ।
नेपालले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको टेरीटरी १७ ओभर २ बलमा १ सय ३६ रन मात्र बनायो।
नेपालको जितमा सन्दीप लामिछानेले ३१ रन खर्चेर ह्याट्रिकसहित ५ विकेट लिए । करण केसी २, रुपेश सिंह र कुशल भुर्तेलले एकएक विकेट लिए।
त्यसैगरी ब्याटिङमा टेरीटरीका जेक स्मिथले सर्वाधिक ५० रन बनाए।
प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२ १३:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय