Harsamaya
हर समय
हर समय
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बेलायती प्रधानमन्त्री स्टार्मरको प्रशंसा
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बेलायती प्रधानमन्त्री स्टार्मरको प्रशंसा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री केइर स्टार्मरले ‘निकै राम्रो काम’ गरेको बताएका छन् । उनले आगामी २४ घण्टाभित्र दुई नेताबीच भेटवार्ता हुने पनि बताए । “मलाई लाग्छ उहाँले अहिलेसम्म निकै राम्रो काम गर्नुभएको छ”, राष्ट्रपति ट्रम्पले एयर फोर्स वानमा पत्रकारसँग भने, “म उहाँलाई धेरै मन पराउँछु।”
दक्षिण श्रीलङ्कामा बस दुर्घटना, २९ जना घाइते
दक्षिण श्रीलङ्कामा बस दुर्घटना, २९ जना घाइते श्रीलङ्काको दक्षिणी प्रान्त गालमा आइतबार बिहान तीनवटा बस एकआपसमा ठोक्किँदा कम्तीमा २९ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइते सबै जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । प्रहरीका अनुसार बिहान ८ः३० बजेतिर निजी स्वामित्वका यात्रुबाहक बसहरु दुर्घटना भएका हुन् ।
इजरायली आक्रमणबाट लेबनानमा तीन जनाको मृत्यु, ४४ घाइते
इजरायली आक्रमणबाट लेबनानमा तीन जनाको मृत्यु, ४४ घाइते दक्षिणी लेबनानमा आफ्नो घर फर्कन खोजिरहेका लेबनानीहरूको भीडमाथि इजरायली सेनाले गोली चलाउँदा तीन जनाको मृत्यु हुनुका साथै अन्य ४४ जना घाइते भएका छन् । लेबनानी सेनाको एकाइहरूले अल–मुफायलेहा क्षेत्रमा इजरायली आक्रमणको सामना गर्यो, जसको परिणामस्वरूप दुई नागरिक र एक लेबनानी सैनिक घाइते भए ।
आयोगको आग्रह - वार्ता र संवादको माध्यमबाट पाथीभरा केबलकार घटनाको समाधान गरौं (विज्ञप्तिसहित)
आयोगको आग्रह - वार्ता र संवादको माध्यमबाट पाथीभरा केबलकार घटनाको समाधान गरौं (विज्ञप्तिसहित) राष्ट्रिय मानव अधिकार आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिका–११ पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयलाई लिएर भएको विवाद वार्ता र संवादका माध्यमबाट समाधान गर्न आग्रह गरेको छ ।
एनआरटी सभापति कपको सेमिफाइनलमा प्रवेश 
एनआरटी सभापति कपको सेमिफाइनलमा प्रवेश  न्युरोड टिम (एनआरटी) सभापति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।  त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा आइतबार सम्पन्न खेलमा फ्रेन्ड्स क्लबलाई ३–१ ले पराजित गर्दै एनआरटी सेमिफाइनलमा प्रवेश गरेको हो ।
बालबालिकामा श्रवणसम्बन्धी समस्या अनिवार्य परीक्षण गर्नुपर्ने निर्देशिका स्वीकृत (जानकारीसहित)
बालबालिकामा श्रवणसम्बन्धी समस्या अनिवार्य परीक्षण गर्नुपर्ने निर्देशिका स्वीकृत (जानकारीसहित) स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरुले प्रारम्भिक रुपमा बालबालिकामा श्रवणसम्बन्धी समस्या परीक्षण गर्नुपर्ने निर्देशिका स्वीकृत गरेको छ । जन्मनासाथ नवजात शिशुको श्रवणशक्तिमा समस्या भए/नभएको परीक्षण अनिवार्य गर्नेगरी नवजात शिशुको श्रवण स्क्रिनिङ, निर्देशिका–२०८१ स्वीकृत गरिएको हो ।
त्रिकोणात्मक टी–२० शृङ्खलामा इन्दू बर्माको कप्तानीमा नेपाली टोली घोषणा (खेलाडीको नामसहित)
त्रिकोणात्मक टी–२० शृङ्खलामा इन्दू बर्माको कप्तानीमा नेपाली टोली घोषणा (खेलाडीको नामसहित) माघ १७ गतेदेखि आयोजना हुने त्रिकोणात्मक टी–२० शृङ्खलाका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज इन्दू बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । 
दुई हजार पाउण्डको बम पठाउन अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
दुई हजार पाउण्डको बम पठाउन अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन पूर्वराष्ट्रपति बाइडेनले ह्वाइट हाउस छाड्नुभन्दा केही दिनअघि इजरायल र हमासबीच गाजामा जारी युद्धको स्थायी अन्त्य गर्ने उद्देश्यले अस्थायी युद्धविराम भएको थियो ।
रूपन्देही अदालतले माग्यो रविलाई एक करोड धरौटी
रूपन्देही अदालतले माग्यो रविलाई एक करोड धरौटी बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताले राखेको रकम अनियमित तरिकाले चलाएको आरोपमा पक्राउ परेका लामिछानेविरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलले अनुसन्धान गरेको थियो। त्यसैका आधारमा जिल्ला अदालत, रुपन्देहीमा मुद्दा दर्ता भएको थियो।
रसुवामा १२ जनाको पाठेघरमा समस्या
रसुवामा १२ जनाको पाठेघरमा समस्या स्थानीय लाङ्टाङ लिरूङ अस्पतालमार्फत गरिएको पाठेघरसम्बन्धी ‘भिआइए’  परीक्षणबाट  १२ जनामा ‘पोजेटिभ’ देखिएको सञ्चालक डा जीवन तामाङले जानकारी दिए । 
डोटीबाट गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
डोटीबाट गर्भवतीको हेलिकप्टरमार्फत उद्धार त्यहाँ उपचार सम्भव नभएपछि विस्नादेवीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । 
अध्यादेशको पक्षमा बोल्न कांग्रेस सांसदहरूलाई विज्ञहरूले दिए प्रशिक्षण
अध्यादेशको पक्षमा बोल्न कांग्रेस सांसदहरूलाई विज्ञहरूले दिए प्रशिक्षण आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा तीन जना विज्ञहरूबाट अध्यादेशको औचित्यका बारेमा आफ्ना सांसदहरूलाई प्रशिक्षण गराइएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । 
Weather Update