Harsamaya
हर समय
हर समय
धुम्रपान नगर्नेमा पनि बढदै छ फोक्सोको क्यान्सर
धुम्रपान नगर्नेमा पनि बढदै छ फोक्सोको क्यान्सर ल्यान्सेटमा प्रकाशित एक अध्ययन अनुसार सन् २०२२ मा विश्वभर २५ लाख फोक्सोको क्यान्सरका बिरामी भेटिएका छन् । ल्यान्सेट अध्ययनले पछिल्लो केही वर्षमा चुरोट पिउनेहरूको संख्या तीव्र रूपमा घटेको देखाएको छ। यसका बाबजुद पनि फोक्सोको क्यान्सरका केसहरू भने निरन्तर बढिरहेको अचम्मको रेकर्ड बताएको छ । 
आजको राशिफल : कोही दौडिने, कोही चम्किने, कोही रमाउने!
आजको राशिफल : कोही दौडिने, कोही चम्किने, कोही रमाउने! आज २०८१ फागुन ५ गते सोमबार। आज नेपालमा सूर्योदय बिहान ०६:४१ बजे, सूर्यास्त साँझ ०५:५६ बजे हुनेछ।  आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा मुखमा ज्वाँनाे मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।
आजको मौसम : कोशी, मधेश, बागमती  र गण्डकी प्रदेशमा  आंशिक वर्षात् को सम्भावना
आजको मौसम : कोशी, मधेश, बागमती  र गण्डकी प्रदेशमा  आंशिक वर्षात् को सम्भावना साथै बाँकी भू–भागमा आंशिक बदलीदेखि  मौसम मुख्यतया सफा रहेको छ भने तराईका भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो लागेको छ । बुलेटिनमा आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उल्लेखछ । 
पाकिस्तानमा भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु, ७ घाइते
पाकिस्तानमा भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु, ७ घाइते मुल्तान जिल्लामा एउटा यात्रु भ्यान, कार र मोटरसाइकल ठोक्किँदा छ जनाको मृत्यु भएको र सात जना घाइते भएको जिल्ला प्रहरी स्रोतले सिन्ह्वालाई बताएको छ ।
कतारका विदेशमन्त्रीलाई आरजुको आग्रह - विपिनको रिहाइका लागि सहयोग गरिदिनूस् 
कतारका विदेशमन्त्रीलाई आरजुको आग्रह - विपिनको रिहाइका लागि सहयोग गरिदिनूस्  केही समय अघि पनि मन्त्री डा देउवाले कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरी सोही आग्रह गरेकी थिइन् ।  खुलाइफी इजरायल सरकार र हमासबीचको शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन् । 
हलेसी बजारमा ग्यास पसल भएको घरमा आगलागी 
हलेसी बजारमा ग्यास पसल भएको घरमा आगलागी  खाना पकाउने क्रममा ग्यास सिलिण्डरबाट सुरु भएको आगो नियन्त्रण बाहिर गएको स्थानीय सयन्द्र राईले जानकारी दिए । उनका अनुसार स्थानीवासी र प्रहरीले आगो निभाउने प्रयास गरिरहेका छन् । 
बैतडीमा भीरबाट लडेर महिलाको मृत्यु
बैतडीमा भीरबाट लडेर महिलाको मृत्यु तडीको सुनर्या गाउँपालिका-४ डबरालिमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो घाँस काट्ने क्रममा स्थानीय २३ वर्षीया दिपा बोहराको भीरबाट लडेर मृत्यु भएको हो ।
डोनाल्ड ट्रम्पको कदमको विरोधमा डा. केसीले काठमाडौंमा प्रदर्शन गर्ने
डोनाल्ड ट्रम्पको कदमको विरोधमा डा. केसीले काठमाडौंमा प्रदर्शन गर्ने केसीले आइतबार बेलुका विज्ञप्ति जारी गर्दै अमेरिकी दूतावासनजिक शान्तिपूर्ण प्रदर्शनी र दूतावासमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जनाएका छन्
अमेरिकाबाट भारी बम ट्रम्पले इजरायल पठाइदिए 
अमेरिकाबाट भारी बम ट्रम्पले इजरायल पठाइदिए  इजरायलका रक्षा मन्त्री इजरायल काट्जले एम के– ८४ हतियारको ढुवानीले वायु सेना र आइडिएफको लागि महत्त्वपूर्ण सम्पत्ति भएको जनाए । ‘इजरायल– संयुक्त राज्य अमेरिका बीचको बलियो गठबन्धनको थप प्रमाणको रूपमा काम गर्दछ,’ उनको मन्त्रालयको एक विज्ञप्तिमा अाज भनेको छ । 
सुर्खेत विद्यार्थी बोकेको बस स्टेरिङ फेल भएर दुर्घटना
सुर्खेत विद्यार्थी बोकेको बस स्टेरिङ फेल भएर दुर्घटना बस बाजुरा जिल्लाको भानुदय विद्यालयको २६ जना विद्यार्थी बोकेर नेपालगन्ज भ्रमणको लागि हिँडेको थियो। बस दुर्घटना हुँदा राजमार्गबाट १० मिटर तल खसेको छ। 
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी मन्त्री पौडेल र मेयर आचार्यलाई भेट्न आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे पनि पुगेका थिए । अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
बालिकालाई यौनधन्दामा लगाउने हिमालयन स्पाकी सञ्‍चालिका पक्राउ
बालिकालाई यौनधन्दामा लगाउने हिमालयन स्पाकी सञ्‍चालिका पक्राउ स्पामा ल्याएपछि उनले ग्राहकहरूसँग यौनधन्दामा संलग्न गराइन्। आफूमाथि अत्यधिक ज्यादती हुन थालेपछि ती बालिकाले आफ्ना आफन्तमार्फत मानव बेच-बिखन ब्यूरोमा उजुरी गराइन्।  
Weather Update