Harsamaya
हर समय
हर समय
आजको मौसमः कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागमा हिउँ पर्ने
आजको मौसमः कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागमा हिउँ पर्ने देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै बिहानीपख तराईका थोरै भू-भागहरुमा हुस्सु र कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले...
सडक दुर्घटनाः ६ महिनामा १२३३ जनाको निधन
सडक दुर्घटनाः ६ महिनामा १२३३ जनाको निधन गत वर्षको ६ महिनाको तुलनामा यस वर्षको ६ महिनामा सडक दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा वृद्धि भएको छ । गत मङ्सिरको तुलनामा पुसमा सडक दुर्घटना बढे पनि मृत्यु हुनेको सङ्ख्या घटेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए । 
तपाईंको आजको दिन कस्तो छ ?
तपाईंको आजको दिन कस्तो छ ? मीन  अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।
‘सत्र हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी भारतसँग सहमति’
‘सत्र हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी भारतसँग सहमति’ उत्पादित विद्युत्को बजार सुनिश्चित रहेकाले यस क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई उनले आग्रह गरे । उनले यसअघि जलविद्युत् आयोजना निर्माण भए पनि प्रसारण लाइनको अभावका कारण विद्युत् खेर गइरहेकाले अब त्यस्तो हुन नदिन निजी क्षेत्रले प्रसारण लाइन निर्माण गर्ने व्यवस्था मिलाइएको बताए । 
देवघाट महा–महोत्सवमा २७ करोडभन्दा बढी संकलन
देवघाट महा–महोत्सवमा २७ करोडभन्दा बढी संकलन महा–महोत्सवका संयोजक डा केशवराज भुर्तेलका अनुसार देश विदेशबाट यहाँ आएका करिब ३० लाख भक्तजनबाट सो रकम संकलन गरिएको हो । उनले महोत्सव सम्पन्न गर्न रु तीन करोड ४८ लाख ४८ हजार एक सय सात खर्च भएको पनि जानकारी दिए ।  
गिरिबन्धु टी इस्टेट प्रकरण - सरकारका नाममा कारण देखाउ आदेश
गिरिबन्धु टी इस्टेट प्रकरण - सरकारका नाममा कारण देखाउ आदेश आदेशमा संवैधानिक इजलासबाट २०८० माघ २४ मा आदेश भएको उत्प्रेषण मुद्दाको सक्कल मिसिलसमेत साथै राखी नियमानुसार गरी पेस गर्न भनिएको छ ।
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत सो विधेयकमाथिको सामान्य छलफलका क्रममा आज ६७ जना सांसदले आ–आफ्नो धारणा राखेका थिए । गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक, २०८१  माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभासमक्ष पेस गरेका थिए । मन्त्री लेखकले विधेयकमाथि उठेका प्रश्नको जवाफ दिएका थिए । 
संसद्‍मा झुट बोलेको अभियोगमा सिंगापुरका विपक्षी नेतालाई जरिवाना
संसद्‍मा झुट बोलेको अभियोगमा सिंगापुरका विपक्षी नेतालाई जरिवाना पूर्व सांसदले सन् २०२१ मा संसदलाई दिएको जानकारीमा एक प्रहरी अधिकारीले कथित पीडितको पहिरनबारे ‘असंवेदनशील टिप्पणी’ गरेको र उनले रक्सी पिएको बताएका थिए तर गृहमन्त्री के शनमुगमले यस्तो घटनाको प्रहरी फाइलमा कुनै रेकर्ड नभएको र खानले अन्ततः झूट बोलेको स्वीकारेको बताए । 
उडिसाको विश्वविद्यालयले माग्यो माफी, शैक्षिक वातावरण बनाउन प्रयासरत रहेको दाबी
उडिसाको विश्वविद्यालयले माग्यो माफी, शैक्षिक वातावरण बनाउन प्रयासरत रहेको दाबी आइतबार २० वर्षीया नेपाली छात्रा प्रकृति लम्साल होस्टेलमा मृत अवस्थामा भेटिएकी थिइन् । उनले आत्महत्या गरेको आशंका गरिए पनि सो कारण अप्रत्याशित रूपमा विश्व विद्यालय प्रशासनले नेपाली विद्यार्थी माथि धरपकड गरिएको थियो ।
चौदण्डीगढी नगरपालिकाले सरकारी जग्गा खाली गराउन चलायो डोजर
चौदण्डीगढी नगरपालिकाले सरकारी जग्गा खाली गराउन चलायो डोजर सरकारी जग्गा संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएकोले बजार क्षेत्रमा रहेका नदी उकास जागा भित्र रहेका, अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन थालिएको चौदण्डीगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठले जानकारी दिए । 
अध्यादेश जनपक्षीय छैनन् भनेर पुष्टि गर्न विपक्षी दललाई एमाले महासचिवको चुनौती
अध्यादेश जनपक्षीय छैनन् भनेर पुष्टि गर्न विपक्षी दललाई एमाले महासचिवको चुनौती एमाले दाङले आज घोराहीमा गरेको जनसभालाई सम्बोधन अध्यादेश संसद छल्न नभई जनतासँग प्रत्यक्ष जोडिएका काम छिटोछरितो गर्नका लागि ल्याइएको दाबी गरेका छन् ।
सात जना प्रहरीलाई नै ठग्ने सिन्धुपाल्चोकका दिनेश सापकोटा पक्राउ
सात जना प्रहरीलाई नै ठग्ने सिन्धुपाल्चोकका दिनेश सापकोटा पक्राउ सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–२ बतासेका दिनेश सापकोटाले सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरूलाई युएन मिसनमा पठाइ दिने विश्वास तथा प्रलोभन देखाई रकम ठगी गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।
Weather Update