Harsamaya
हर समय
हर समय
संसदले पास गरेका विधेयकहरूमाथि अदालत प्रवेश भएकोप्रति सांसदहरुको आपत्ति
संसदले पास गरेका विधेयकहरूमाथि अदालत प्रवेश भएकोप्रति सांसदहरुको आपत्ति समितिको बैठकमा  नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विनियोजन विधेयकभित्र पनि अदालत प्रवेश गरेको भन्दै आपत्ति जनाएका छन् । उनले संसद्ले पास गरेका विधेयकहरूमाथि पनि अदालत प्रवेश गर्ने कुरा पटक्कै राम्रो नभएको बताएका हुन् ।
सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा पूर्वसचिव रघुराम विष्ट नियुक्त
सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा पूर्वसचिव रघुराम विष्ट नियुक्त यसै गरी सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको सुरु कारबाही र किनारा गर्न सर्वोच्च अदालतका उपसचिव श्री कृतिबहादुर बस्नेत अध्यक्ष र श्री वसन्तराज पुरी, धनकुटा तथा श्री गोविन्द शर्मा गैहे, तनहुँ सदस्य रहेको कर्जा असुली न्यायाधिकरण गठन गर्ने, कर्जा असुली न्यायाधिकरणको आ.व. २०८१/८२ का लागि आवश्यक अधिकृत स्तरका तीन पदको अस्थायी...
विद्या भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा पाएको सबै सुविधा फिर्ता गर्ने
विद्या भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा पाएको सबै सुविधा फिर्ता गर्ने पूर्व राष्ट्र प्रमुखको सेवा सुविधा लिएर सक्रिय राजनीति गर्दा प्रश्न उठ्ने भएपछि सरकारले दिएको सो हैसियतको सुविधा फिर्ताका लागि गृह मन्त्रालयलाई पत्र पठाइने भएको छ ।
उद्यम प्रवर्द्धनको लागि ल्याएको ब्याज अनुदान कार्यविधिको उचित कार्यान्वयन हुनुपर्छ : मन्त्री  चौधरी (भिडियोसहित)
उद्यम प्रवर्द्धनको लागि ल्याएको ब्याज अनुदान कार्यविधिको उचित कार्यान्वयन हुनुपर्छ : मन्त्री चौधरी (भिडियोसहित) उनले भने,‘नेपाली उत्पादनलाई तीनै तहको सरकारबाट प्राथमिकता दिनुपर्छ । सरकारले उद्यम प्रवर्द्धनको लागि ल्याएको ब्याज अनुदान कार्यविधिको उचित कार्यान्वयन हुनुपर्छ । धितो राखेर कर्जा लिने व्यवस्था गर्नुपर्छ । युवाहरूलाई सर्वसुलभ र झन्झटरहित तरिकाले सम्पूर्ण कर्जा दिने व्यवस्था गर्नुपर्छ । युवाले पनि सही ठाउँमा आफ्नो लगानी र मेहनत गर्नुपर्छ ।’ 
अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा
अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा कालिकोट स्थित गगन खोलाको पहिरो पन्छाएर सडक सुचारु भए पनि जिते गाडमा पहिरो खसेर पुन अवरुद्ध सडक भएको छ ।राजमार्गको अवरुद्ध सडकहरूमध्ये कालिकोटको गगने खोलामा सडक सुचारु भइसकेको छ ।
श्रीमतीको हत्यामा संग्लन श्रीमान पक्राउ
श्रीमतीको हत्यामा संग्लन श्रीमान पक्राउ वि.सं.२०७८ साल माघ २६ गते खातुनको शव फेला परेको उल्लेख छ । श्रीमतीको हत्या गरी फरार रहेका श्रीमानलाई तीन वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दीपक कुमार रायले  जानकारी दिए ।
गोदावरी नगरपालिकाको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, वातावरण र विपद् व्यवस्थापनलाई शीर्ष प्राथमिकता
गोदावरी नगरपालिकाको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, वातावरण र विपद् व्यवस्थापनलाई शीर्ष प्राथमिकता स्वास्थ्य क्षेत्रमा नगरले मातृ तथा नवजात शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, टोलमै आधारित सघन स्वास्थ्य सेवा, डिजिटल रेकर्ड प्रणाली तथा स्थानीय स्वास्थ्य संस्था सुदृढीकरणको कार्यक्रम ल्याएको छ । कार्यक्रमबारे बोल्दै उपप्रमुख अधिकारीले भनिन “स्थानीय जनस्वास्थ्य प्रणाली बलियो बनाउने हाम्रो उद्देश्य हो । सबै वर्गको पहुँचलाई सुनिश्चित गर्न हामी प्रतिबद्ध छौँ ।” 
सिजी फुड्सको व्यापार निरन्तर ओरालो तर्फ
सिजी फुड्सको व्यापार निरन्तर ओरालो तर्फ इक्रा नेपालले हालै प्रदान गरेको रेटिङ अनुसार सिजी फुड्सको व्यापार सन् २०२५ को ९ महिनामा ५ अर्ब ७१ करोड रुपैयाँमा झरेको छ । सिजीले ९९ करोड ५५ लाख रुपैयाँ कर्जा लिन रेटिङ गराएको हो । यसअघि सन् २०२४ मा सिजी फुड्सले  ८ अर्ब १० करोड २० लाख रुपैयाँ बराबरको व्यापार...
नेपाली श्रम बजार र उद्यमशीलताको प्रवर्द्धनमा राज्यको विशेष नीति आवश्यक : मन्त्री भण्डारी
नेपाली श्रम बजार र उद्यमशीलताको प्रवर्द्धनमा राज्यको विशेष नीति आवश्यक : मन्त्री भण्डारी उनले भने, ‘आजको श्रम बजारमा जे समस्या छ त्यसलाई सम्बोधन गर्नुपर्ने छ । नेपालीहरूको श्रम बजार बन्नुपर्ने छ । नेपाली सिपको श्रम बजार बन्नुपर्ने छ । नेपालको श्रमिकहरूको श्रम बजार बन्नुपर्ने छ । त्यसका लागि राज्यले एउटा नीति ल्याउनुपर्ने छ । त्यो खालको शिक्षा प्रणाली ल्याउनुपर्ने छ ।
संसदीय अभ्यासको प्रभावकारिताबारे पुनःमूल्यांकन आवश्यक :  उपाध्यक्ष घिमिरे
संसदीय अभ्यासको प्रभावकारिताबारे पुनःमूल्यांकन आवश्यक :  उपाध्यक्ष घिमिरे उपाध्यक्ष घिमिरेले लोकतान्त्रिक मूल्य–मान्यता संस्थागत गर्न, संविधानको प्रभावकारी कार्यान्वयन गर्न र सुशासन प्रवर्द्धन गर्न संसद बलियो हुनुपर्ने धारणा राख्दै भनिन्, ‘संसद् बलियो हुँदा मात्र शासन जनउत्तरदायी हुन्छ र जनताले लोकतन्त्रको लाभ प्रत्यक्ष रूपमा महसुस गर्न सक्छन् ।’
अध्यक्ष दाहालद्वारा दक्षिण एशीयाली शारीरिक सुगठन प्रतियोगिता विजेता खेलाडीहरूलाई बधाई
अध्यक्ष दाहालद्वारा दक्षिण एशीयाली शारीरिक सुगठन प्रतियोगिता विजेता खेलाडीहरूलाई बधाई उनले भने, ‘खेल त्यसमा पनि शारीरिक सुगठन खेल राज्यको नजरमा कम पर्ने गरेको छ। अब राज्यले यस क्षेत्रलाई प्राथमिकतामा राखी थप सहयोग गर्नुपर्छ। म मेरो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।’
काठमाडौंका सामुदायिक विद्यालयमा एसईईमा ४४.७७ प्रतिशतले बढ्यो उच्च जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या
काठमाडौंका सामुदायिक विद्यालयमा एसईईमा ४४.७७ प्रतिशतले बढ्यो उच्च जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या शैक्षिक सत्र २०८१ को एसईईमा काठमाडौंका सामुदायिक विद्यालयबाट ७८९ जना विद्यार्थीले ३.६१ देखि ४ जीपीए बीचको नतिजा ल्याएका छन् । तीमध्ये १७ जनाले अधिकतम ४ जीपीए हासिल गरेका छन् । अघिल्लो वर्ष ५४५ जना मात्रले यो दायरा भित्रको जीपीए पाएका थिए । यस आधारमा यो वर्ष २४४ जना बढी विद्यार्थीले...
Weather Update