इजरायल पछि हटेपछि ३ लाख विस्थापित गाजामा फर्के
बुधबार, माघ १६, २०८१
इजरायल–हमास द्वन्द्वको १५ महिनापछि रफाह सीमा र दक्षिण गाजा क्षेत्रबाट ३ लाखभन्दा बढी प्यालेस्टाइनी नागरिक उत्तर गाजा फर्किएका छन् ।
गत जनवरी १९ मा युद्धविराम गरे पछि सोमबार अर्थात २७ जनवरी इजरायलले प्यालेस्टिनी नागरिकलाई उत्तरी गाजा फर्कन अनुमति दिए पछि ३ लाख बढी गाजामा फर्किएका हुन् ।
अब अमेरिकी सेनामा ‘ट्रान्सजेन्डर प्रतिबन्ध’, कानुन बनाउन ट्रम्पले दिए आदेश (आदेशसहित)
बुधबार, माघ १६, २०८१
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्तामा आएयता एकपछि अर्को हतारमा निर्णय लिइरहेका छन् ।
अब राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा सचिव पीट हेगसेथलाई ट्रान्सजेन्डर सेना सम्बन्धी पेन्टागनको नीति परिमार्जन गर्न निर्देशन दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्, जसका कारण भविष्यमा उनीहरुको नियुक्तिमा प्रतिबन्ध लाग्ने सम्भावना बढेको छ ।
कैलाश दर्शनका लागि चीन भारतबीच ५ बर्षपछि सिधा उडान हुँदै
बुधबार, माघ १६, २०८१
भारतवाट कैलाश मानसरोवर यात्रा यस वर्षको गर्मी मौसमबाट फेरि सुरु हुने भएको छ।
योसँगै भारत र चीनबीच सिधा उडान सेवा पनि सुरु हुने जनाइएको छ तर, यसको मिति भने अझै तय भइसकेको छैन् ।
पाकिस्तानी सेनाको चेकपोष्टमा आक्रमण, दुई सैनिक मारिए
मंगलबार, माघ १५, २०८१
आत्मघाती आक्रमणकारीहरू सहित सशस्त्र विद्रोहीहरूको एक समूहले चेकपोस्टमा प्रवेश गर्ने प्रयास गरेको आईएसपीआरले विज्ञप्तिमा उल्लेख गरेको छ । सशस्त्र विद्रोहीहरूले विस्फोटक पदार्थले भरिएको गाडी पोस्टको पर्खालमा ठोके ।
पाकिस्तानमा गलत सूचना फैलाउन प्रतिबन्ध, ३ वर्षको जेल सजाय
मंगलबार, माघ १५, २०८१
पाकिस्तान फेडरल युनियन अफ जर्नालिस्टका सदस्य वरिष्ठ पत्रकार आसिफ बशीर चौधरीले सरकारले पत्रकारहरूलाई उनीहरूसँग परामर्श गर्ने आश्वासन दिएको तर उनीहरूलाई ‘धोका दिएको र पिठ्युँमा छुरा प्रहार गरिएको’ बताए ।
इजरायली सैनिकको आक्रमणमा लेबनानमा २५ जनाको मृत्यु, १६० घाइते
मंगलबार, माघ १५, २०८१
आइतवार बिहानदेखि, सयौं लेबनानी बासिन्दाहरू आफ्नो सीमावर्ती गाउँहरूको बाहिरी इलाकामा भेला भएका छन् । लेबनानी बासिन्दाहरू इजरायलले लगाएको अवरोधहरू पार गर्दै पैदल यात्रा गरेर आफ्नो घरतिर लागेका छन् ।
भारतको दिल्लीमा भवन भत्किँदा दुई जनाको मृत्यु
मंगलबार, माघ १५, २०८१
राष्ट्रिय प्रकोप प्रतिक्रिया बल र दिल्ली विपद् व्यवस्थापन प्राधिकरणका टोलीहरू उद्धार कार्यमा निरन्तर लागेका थिए ।
बेलायतमा ४ हजार करोड मालिकका छोरा हत्याको आरोपमा जेलमा
मंगलबार, माघ १५, २०८१
बेलायतमा पाई कम्पनीका मालिकका छोरालाई साथीको हत्या गरेको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको छ ।
गत २४ डिसेम्बर २०२३ मा डिलन थोमसले आफ्नो साथी विलियम बुशको निर्ममतापूर्वक हत्या गरेका थिए। सो हत्याका लागि आरोपीले साथीलाई करिब ३७ पटक छुरा प्रहार गरेका थिए ।
यौन दुर्व्यवहारको आरोप लागेपछि जापानको फुजी टिभी प्रमुखद्वारा राजीनामा
सोमबार, माघ १४, २०८१
घटनाबारे समाचारहरू प्रशारण भएपछि कर्मचारीहरूले घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाउँदै म्याकडोनल्ड्स र टोयोटालगायत दर्जनौं ब्रान्डले निजी प्रसारणकर्ता फुजी टिभीबाट आफ्नो विज्ञापन फिर्ता लिएका थिए ।
अमेरिकाबाट हजारौँ आप्रवासी पक्राउ
सोमबार, माघ १४, २०८१
ट्रम्पको प्रशासनले नेशनल एसोसिएशनमा छापा मारेको थियो ।
नाइजेरियामा दोहोरो भिडन्तमा २२ सैनिक मारिए
सोमबार, माघ १४, २०८१
सेनामाथि हालै बोर्नोमा धेरै सशस्त्र विद्रोहीहरूको प्रयासहरूलाई विफल पारेको थियो ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री खान र उनकी पत्नीले गरे भ्रष्टाचारविरुद्धको फैसलामा पुनरावेदन
सोमबार, माघ १४, २०८१
खानलाई पक्राउ गरेयता चार पटक सम्म दोषी ठहर गरिएको छ, जसमा दुई दोषारोपण उल्टाइएको छ र अन्य दुई मुद्दामा सजाय निलम्बन गरिएको छ।
वर्ल्ड एक्स्पो २०२५ लाई लक्षित गर्दै ओसाकामा आजदेखि ‘सडक धूम्रपान’ प्रतिबन्ध
सोमबार, माघ १४, २०८१
जापानको ओसाका शहरले आजदेखि सार्वजनिक सडकमा धूम्रपानलाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। यो निर्णय वर्ल्ड एक्सपो २०२५ लाई लक्षित गरी शहरलाई आगन्तुकमैत्री बनाउने प्रयास अन्तर्गत गरिएको हो।
साताको लोकप्रिय

