Harsamaya
५० लाख धरौटी बुझाएर छुटे छविलाल जोशी
५० लाख धरौटी बुझाएर छुटे छविलाल जोशी अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले जोशी ५० लाख बैंक ग्यारेन्टी बुझाएर सोमबार रिहा भएको जानकारी दिए । यसअघि जोशीलाई कास्की जिल्ला अदालतले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा ८८ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । 
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने झापाका सीतादेवी राई पक्राउ
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने झापाका सीतादेवी राई पक्राउ उनी यही माघ २ गते काठमाडौं जिल्ला अदालतको दक्षिण गेटबाहिर वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गरी फरार रहेको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरीले सोही घटनामा संलग्न अन्य दुई जनालाई यसअघि पक्राउ गरिसकेको छ ।
राष्ट्रिय परिचयपत्रलाई रोक लगाउने सम्बन्धी रिट निवेदन खारेज
राष्ट्रिय परिचयपत्रलाई रोक लगाउने सम्बन्धी रिट निवेदन खारेज अदालतले सो रिट खारेज गरेसँगै सरकारलाई काम अघि बढाउने बाटो खुलेको छ । सरकारले सामाजिक सुरक्षा भत्ता, मोबाइलको सिम कार्ड र सबै सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेपछि त्यसविरुद्ध रिट दर्ता भएको थियो । 
रवि लामिछानेसहित २२ जनाविरूद्ध रुपन्देहीमा मुद्दा दर्ता
रवि लामिछानेसहित २२ जनाविरूद्ध रुपन्देहीमा मुद्दा दर्ता राष्ट्रिय स्वतन्त्र रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतम मुद्दा दायर भएको छ। सुप्रिम सहकारीको रकम अपचलनको ठगी तथा संगठित अपराध सम्बन्धी पुरक मुद्दा आइतबार रूपन्देही जिल्ला अदालतमा दर्ता भएको हो।
पुरानो मुद्दा फर्छ्यौटमा सर्वोच्चको तीव्रता, संवैधानिक इजलास छाँयामा
पुरानो मुद्दा फर्छ्यौटमा सर्वोच्चको तीव्रता, संवैधानिक इजलास छाँयामा हरेक प्रधानन्यायाधीशको संसदीय सुनुवाइको क्रममा सुनिने शब्द हो सर्वोच्च अदालतको मुद्दाको ‘ब्याकलग’ घटाउने । सर्वोच्च अदालतमा विचाराधिन वर्षौँ पुराना मुद्दाहरूलाई टुङ्ग्याउने । प्रधानन्यायाधीश प्रकाश मान सिंह राउतले पनि संसदीय सुनुवाइका क्रममा यही विषयलाई प्राथमिकतामा राखेका थिए ।
सांसद अरुण कुमार चौधरीविरुद्धको रिट खारेज
सांसद अरुण कुमार चौधरीविरुद्धको रिट खारेज प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा मनोजकुमार शर्माको संवैधानिक इजलासले आज सांसद चौधरीको रिट निवेदन खारेज गरेसँगै उनको सांसद पद जोगिएको छ ।
अधिवक्ता त्रिपाठीलाई आक्रमण गर्नेलाई रास्वपाले कारबाही गर्ने
अधिवक्ता त्रिपाठीलाई आक्रमण गर्नेलाई रास्वपाले कारबाही गर्ने पार्टी सभापति रवि लामिछाने विरुद्धको मुद्दाको थुनछेक बहस सकिए पछि निस्किएका त्रिपाठी माथि हातपात भए पछि रास्वपाले सो घटनामा संलग्न पार्टीका सदस्य भेटिएमा कारबाही गर्ने जनाएको छ ।
रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश कालिमाटी स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा पक्राउ परेका रास्वपा सभापति लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।
रविलाई आज पनि अदालत लगिने, छुट्ने वा नछुट्ने न्यायाधीशको भर
रविलाई आज पनि अदालत लगिने, छुट्ने वा नछुट्ने न्यायाधीशको भर कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले काठमाडौंमा पनि बयान लिइरहेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिए पछि सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।
रवि लामिछाने प्रहरी हिरासतमा बस्नुपर्ने
रवि लामिछाने प्रहरी हिरासतमा बस्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं प्रहरी हिरासतमा रहने भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेपछि उनी हिरासतमा नै रहने भएका हुन् ।
Weather Update