धवल शमशेरलाई ३ लाख धरौटीमा छाड्न अदालतको आदेश
सोमबार, असार २, २०८२
राप्रपा महामन्त्री डा. धवलशम्शेर राणालाई काठमाडौं जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ । सोमबार जिल्ला अदालत काठमाडौंमा न्यायाधीश शिवप्रसाद खनालको इजलासमा थुनछेक बहस सम्पन्न भएपछि यस्तो आदेश दिइएको हो ।