शौचालयबाट उत्पादन भएको फोहर पानी प्रशोधन गर्ने प्लान्ट जडान
मंगलबार, वैशाख ३०, २०८२
‘३ दशमलव ६० मिटर लम्बाइ, १ दशमलव २० मिटर चौडाइ र १ दशमलव ९८ मिटर उचाइ भएको प्लान्टभित्र ४ वटा च्याम्वर छन् ।’ वरिष्ठ इञ्जिनियर निशा कोइराला प्रणालीको प्राविधिक पक्षका बारेमा जानकारी दिँदै भनिन् ,‘शौचालयबाट केही ठोससहितको फोहर पानी प्लान्टमा पुगेपछि पहिले सेडिमेन्टेसनबाट तरल र ठोस छुट्टिन्छ । त्यसपछि एनएरोविक विधि (अक्सिजन दिनु नपर्ने विधि) बाट प्रशोधन सुरु हुन्छ । तेस्रो चरणमा एरोविक (अक्सिजन दिनु पर्ने विधि) बाट, चौथो चरणमा फिल्ट्रेसन र डिस्इन्फेक्सन गरिन्छ । यसबाट उत्पादन हुने पानी दुर्गन्धरहित हुन्छ । बोट बिरुवामा हाल्न मिल्ने हुन्छ ।’
साताको लोकप्रिय