Harsamaya
हावाहुरीका कारण रौतहटमा घर भत्किँदा महिलाको मृत्यु, विद्युत् सेवा अवरुद्ध
हावाहुरीका कारण रौतहटमा घर भत्किँदा महिलाको मृत्यु, विद्युत् सेवा अवरुद्ध घाइते फुल कुमारीलाई तत्काल उपचारका लागि बेटर नेपाल हस्पिटल, गरुडा ल्याइएकोमा चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए । मृतकको शव अहिले सोही अस्पतालमा राखिएको छ ।
 प्राधिकरणले भन्यो - हुरी चलिरहेको छ घरका झ्याल–ढोका बन्द गर्नू
 प्राधिकरणले भन्यो - हुरी चलिरहेको छ घरका झ्याल–ढोका बन्द गर्नू मोटरसाइकल वा सवारीसाधन चलाइरहेका व्यक्तिलाई सवारी रोकेर सुरक्षित स्थानमा बस्न पनि आग्रह गरिएको छ ।
सिरहामा हावाहुरीको कहर : छतको रेलिङ खस्दा वृद्ध महिलाको मृत्यु
सिरहामा हावाहुरीको कहर : छतको रेलिङ खस्दा वृद्ध महिलाको मृत्यु प्रहरीका अनुसार हावाहुरीले छतमा बनाइएको इँटाको रेलिङ अचानक भत्किँदा घरको बरन्डामा बसिरहेकी महराको टाउकोमा खसेको थियो ।
हावाहुरीको वितण्डाः दश वर्षमा १०१ ले गुमाए ज्यान‚ ५३ करोडको क्षति
हावाहुरीको वितण्डाः दश वर्षमा १०१ ले गुमाए ज्यान‚ ५३ करोडको क्षति विशेषगरी तराई तथा मध्य पहाडी क्षेत्रमा हावाहुरीको प्रभाव बढी देखिने गरेको विज्ञहरू बताउँछन् । करिब ५३ करोड आर्थिक क्षति यस अवधिमा भएको तथ्याङ्कमा उल्लेख छ । यस अवधिमा भारी वर्षाका कारण ११० जनाले र हिउँ–हुरीका कारण १७ जनाले ज्यान गुमाएका छन् ।
रौतहट प्रशासनको आग्रह: हावाहुरीको जोखिम छ उच्च सतर्कता अपनाउनू
रौतहट प्रशासनको आग्रह: हावाहुरीको जोखिम छ उच्च सतर्कता अपनाउनू तीव्र गतिको हावाहुरीका कारण रुखहरू ढल्ने, कमजोर संरचना तथा घरको छाना उडाउने, र विद्युत् एवं सञ्चार सेवा अवरुद्ध हुन सक्ने जोखिम रहेको प्रशासनले उल्लेख गरेको छ । 
भारी वर्षा र हुरीको सम्भावना‚ सचेत रहन आग्रह
भारी वर्षा र हुरीको सम्भावना‚ सचेत रहन आग्रह विभागले शनिबारसम्म विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा ११९ किलोमिटर प्रतिघण्टासम्मको तीव्र हुरी चल्ने सम्भावना रहेको जनाएको छ । हुरीका कारण रूख ढल्ने, कमजोर संरचना क्षतिग्रस्त हुने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको पनि बताइएको छ ।
रामेछापमा १० वर्ष यताकै ठूला हावाहुरी : विद्यालयका छाना उडे, विद्युत सेवा अवरुद्ध
रामेछापमा १० वर्ष यताकै ठूला हावाहुरी : विद्यालयका छाना उडे, विद्युत सेवा अवरुद्ध हावाहुरीका कारण जिल्लाभर विद्युत सेवामा समेत समस्या देखिएको छ। साँझदेखि अवरुद्ध भएको विद्युत आपूर्ति मंगलबार बिहानसम्म पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।
हुरीबतासबाट रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, ६ घाइते
हुरीबतासबाट रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, ६ घाइते यस्तै कटारी–५ तीनकुने चोक स्थत राधाकृष्ण मन्दिर नजिकै हुरीबतासका कारण सखुवाको रुख ढलेर लाग्दा  ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको छ । 
हावाहुरीले गोठ भत्किँदा दुई वटा भैँसी मरे
हावाहुरीले गोठ भत्किँदा दुई वटा भैँसी मरे इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङका अनुसार दुईवटा भैँसी मर्दा तीन लाख ५० हजार रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । गाउँले मिलेर भत्किएको गोठका काठ दाउरा हटाएर भित्र सकुशल रहेका भैँसी बाहिर निकालिदिएको उनको भनाइ छ ।
हावाहुरीका कारण रुख ढलेर लाग्दा तीन जनाको मृत्यु
हावाहुरीका कारण रुख ढलेर लाग्दा तीन जनाको मृत्यु नवलपरासी सुनवल नगरपालिका वडा नम्बर ७ चारपाला बस्ने अन्दाजी ३० वर्षीया मिरा बयम्बु र ४० वर्षीय दुर्गा बहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए । 
अमेरिकामा आँधीका कारण २७ जनाको मृत्यु
अमेरिकामा आँधीका कारण २७ जनाको मृत्यु प्रहरीका अनुसार आँधीका कारण मिसौरीको वेन काउन्टीमा ६ जना, ओजार्क काउन्टीमा तीन जना र बटलर, जेफरसन र सेन्ट लुइस काउन्टीमा एक–एक जनाको मृत्यु भएको छ ।
Weather Update