सान फ्रान्सिस्को र डालसमा वाणिज्य दूतावास स्थापना निर्णय स्वागत योग्य : आनन्द विष्ट (विज्ञप्तिसहित)
शुक्रबार, माघ ११, २०८१
नेपाल सरकारले क्यालिफोर्नियाको सान फ्रान्सिस्को र टेक्सासको डालसमा वाणिज्य दूतावास कार्यालय स्थापना गर्ने निर्णय गरेकोमा नेपाली जनसम्पर्क समिति अमेरिकाले स्वागत गरेको छ। समितिका सभापति आनन्द विष्टले विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णय स्वागतयोग्य भएको बताएका छन्।